४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

सांसदलाई दिने ६ करोडको टिप्पणी नगरौं : योगेश भट्टराई

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले बजेट वितरणमुखी हुनु बाध्यता भएको बताएका छन्। संसदमा बजेट माथिको छलफलमा बोल्दै भट्टराईले तेस्रो विश्वको लागि वितरणमुखी बजेट बनाउनु आवश्यकता र बाध्यता भएको बताए।

'केही मानिस मात्र धनी भएर मुलुक धनी हुन सक्दैन। आम मानिसलाई आफ्नो खुट्टामा उभ्याउन सक्नु पर्छ। आर्थिकरुपमा कमजोर भएको समुदायहरु हाम्रोमा धेरै छन', उनले भने, 'उनीहरुको उत्पादक क्षमता र  प्रतिस्पर्धात्मक क्षमता बढाउन पनि यस्तो बजेट आवश्यक छ।'

मनमोहन अधिकारी र भरतमोहन अधिकारीले समाजिक सुरक्षाको विषयमा२०५१ मा ल्याएको बजेटलाई निरन्तरता बजेटमा दिइएको समेत उनले बताए। आफ्नो गाउँ आफै बनाउँ भन्ने नारालाई समेत समेट्दै तीन खम्ववे नीति लिइएको भन्नदै बजेट सकारात्मक भएको उनले प्रष्ट्याए।

बजेटले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न समेत भूमिका खेल्ने उनको बुझाइ छ।  'आजको पुस्तालाई कनेक्टिभिटी महत्वपूर्ण छ,' उनले भने, 'सडक लगायतका पूर्वाधारमा उल्लेख्य बजेट विनियोजन हुनुले आउँदो वर्षमा नयाँ आयाम दिने छ।'

बजेटले लोककल्याणकारी राज्यलाई समेत समेटेको भन्दै बजेट छरिएको भन्नु गलत भएको बताए। उत्पादनलाई बढाउँदै वितरणलाई पनि बताउनु पर्ने बताए।

 बजेटमा ६ करोड सांसदलाई छुट्याएको विषयमा टिप्पणी गर्न नुहुने उनको भनाई छ। यो रकम सांसदले सिधै चलाउने नभएको उनले बताए। भारतमा पनि ८ करोड सांसदबाट खर्च हुने गरेको भन्दै यसको टिप्पणी आवश्यक नभएको बताए।

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App