४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीसहित विप्लव समूहका ६ जना थुनामा

काठमाडौं– ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा पठाएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। 

गत फागुन १० मा नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो। त्यही घटनामा प्रहरीले ओली लगायतलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो। 

विप्लव समूहका नेता हेमन्तप्रकाश ओली, वीरबहादुर कठायत, डेकेन्द्र राइसमेत ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७६ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App