१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारविरुद्ध तरुण दलको खबरदारी, दुई तिहाईको दम्भ सैह्य हुँदैन (फोटोफिचर)

नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक

पोखरा - सरकारका पछिल्ला गतिविधि, निर्मला पन्तको बलात्कार पछि हत्या र न्याय दिन नसकेको, कांग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको, चिकित्सा शिक्षा विधेयक जस्ता कारण देखाउँदै पोखरामा शुक्रबार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले बृहत विरोध प्रदर्शन गरेको छ।

तरुण दलको केन्द्रीय कार्यक्रम अनुरुप आयोजित विरोध र्‍याली पोखराको मानवाधिकार चोकदेखि सुरु भई पृथ्वीचोकमा पुगेर कोणसभा गर्दै सकिएको हो। सभालाई सम्बाेधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हकअधिकारप्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सडक तताउने चेतावनी दिए। उनले सरकार दुईतिहाइकाे भरमा संविधान विपरीत अघि बढेको आरोप लगाए। बस्नेतले पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत उनकै गृहजिल्लामा कटाक्ष समेत गरे। देशलाई अधिनायकवाद तर्फ लैजान अहिले मुलुकमा चारथरिका कम्युनिष्ट सक्रिय भएको बताउँदै बस्नेतले सानो अंशका रुपमा एउटा सडकमा, अर्को जंगलमा, एउटा संसदमा र अर्को सरकारको रुपमा सरकारमा रहेको बताए।

तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई बचाउन सरकार नै सक्रिय भएको आरोप लगाउँदै भने, ‘वाइडबडी र सुनकाण्ड गर्ने पनि सरकारकै मानिसहरु हुन।’ उनले सुशील कोइराला र गिरिजाप्रसाद कोइरालाको नामका अस्पताल खारेज गरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताउँदै उनले सरकारलाई जति गालि गरेपनि नहुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने बताए।

सभामा नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण केसी, गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले सरकार भ्रष्टाचारमा मुछिएको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए।

तस्बिरमा हेर्नुस् तरुण दलकाे विराेध प्रदर्शन। सबै तस्बिर : उमेश/नागरिक

 

नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
नेपाल तरुण दलद्वारा पाेखरामा आयोजित विराेध प्रदर्शन कार्यक्रम। तस्बिर : उमेश/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App