२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाबुरामकाे प्रश्न : चिल्ला गाडी चढेर सबै समस्या समाधान भयो भन्ने, चश्मा फेरियो की?

फाइल तस्बिर

 काठमाडौं– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले वर्तमान सरकार जनअपेक्षाका न्यूनतम सेवा सुविधा पनि दिलाउन नसक्ने तर सबै ठीक भयो भन्दै जनता झुक्याउने काम गरिरहेको टिप्पणी गरेका छन्।

आजदेखि सुरु भएको संसदको अधिवेशनलाई संबोधन गर्दै डां भट्टराईले वर्तमान सरकारमा रहेका नेताहरु भ्रम छर्न व्याप्त रहेको आरोप लगाए। ‘जनतालाई हेर्ने नेताका चश्मा फेरिए की,’ उनले भने, ‘ आफू चिल्ला गाडी चढने अनि सबै ठिक छ भन्ने, सबै हासीखुसी देख्ने, के सबै जनता हासीखुसी छन्?’

डा. भट्टराईले आफू जनसमक्ष भेटघाटमा जाँदा स्थिर सरकारको कुनै प्रभावको अनुभूति नगरेको पाएको बताए। सत्ता पक्षले संसदमा कुरा गर्दा देशलाई सुनको लंका बनाए जस्तो अभिव्यक्ति दिने तर प्रतिपक्षले पूरै खत्तम भन्ने अवस्था रहेको भन्दै संसदमा यथार्थ बोल्न आग्रह गरे।  

जनप्रतिनिधिमाथि भ्रष्टाचार र अनियमितताका आरोप लागिरहेको भन्दै जनतामा सुशासनको अनुभूति नभएको टिप्पणी गरे। उनले सरकारले निर्मला पन्त हत्या प्रकरण जस्तो संवेदनशील घटनामा सरकारको असफलताले लज्जित बनाएको बताए। उनले भने, घटना अनुसन्धान गर्ने प्रहरीले प्रमाण मेटाएको देख्दादेख्दै उनीहरुबाटै अनुसन्धान गर्नुपर्ने सुझाव दिए। ‘त्यस्ता प्रहरीलाई केरकार गरेर पनि सत्य पत्ता लगाउन पनि नसक्ने, अनि प्रतीपक्षी विरोधीले घटना उचाले भन्ने?’ भट्टराईले प्रश्न गरे। 
 

 

प्रकाशित: ११ पुस २०७५ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App