२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री अझै एक साता भीडभाडमा नजाने

काठमाडौं - स्वास्थ्यमा समस्या आएपछि केही दिन अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओली हरूल सार्वजनिक कार्यक्रमहरूमा निस्किएका छैनन्।

अस्पतालबाट डिस्चार्ज भएपछि डाक्टरहरूको सल्लाह अनुसार बालुवाटारमै आराम गरिरहेका ओली अझै एक साता भिडभाडयुक्त कार्यक्रममा सहभागी हुने छैनन् । ‘चिकित्सकले संक्रमण हुनसक्ने भन्दै अझै केही दिन भीडभाडमा नजान सुझाव दिएका छन्, त्यसैले अझै एक साता उहाँ भीडभाडमा जानुहुुन्न,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने।

‘एक साताकउबलश्रहा पहिलेकै जस्तै सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुनुहुन्छ,’ अर्यालले भने । अहिले स्वास्थ्य अवस्था सामान्य भइसके पनि डाक्टरले तत्काल भीडयुक्त कार्यक्रममा नजान भनेकाले प्रभानमन्त्री सार्वजनिक कार्यक्रममा नगएको उनले । प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा उपस्थित नभए पनि भेटघाट, परामर्श तथा फाइल अध्ययनलगायतका नियमित कामकारबाही गरिरहेको र भीडभाड हुने कार्यक्रममा सहभागी हुन भने नगएको अर्यालले जानकारी दिए।

शुक्रबार सम्पन्न कोलम्बो प्रोसेसको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी जनाउने भनिए पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सहभागीता जनाएका थिए। चिकित्सकको सल्लाहअनुसार नै प्रधानमन्त्री उक्त कार्यक्रममा नगएको अर्यालले जानकारी दिए।

दशैको टीका लगत्तै भाइरल ज्वरोका कारण बिरामी परेका प्रधानमन्त्री ओली श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक १२ गते बिहान त्रिवि शिक्षण अस्पताल महरूराजगञ्जमा भर्ना भएका थिए । सुरुमा सामान्य औषधी खाएर घरमा आराम गरिरहेका उनको स्वास्थ्यमा सुधार नभएपछि अस्पतालमा लगिएको थियो।

प्रधानमन्त्री ओलीको छातीमा संग्रमण र चिनीको मात्रा असन्तुलन भएपछि डाक्टरहरूले केहीदिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका थिए । सोही अनुसार उनलाई चार दिनसम्म अस्पतालमा राखेर उपचार गरिएको थियो । उपचारमा संलग्न डा. अरुण सायमी नेतृत्वको चिकित्सकको टोलीले प्रधानमन्त्रीलाई थप केहीदिन अस्पतालमै आराम गर्न सुझाव दिएको थियो । प्रधानमन्त्रीले सकेसम्म छिटो अस्पतालबाट निस्कने चाहना राखेपछि चिकित्सकहरूले औषधी सेवन गरेर बालुवाटारमा आराम गर्न र केही समय सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुन सुझाव दिएका थिए।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि कात्तिक १० गते भएको नेकपाको पहिलो चियापान कार्यक्रममा समेत सहभागी जनाउन सकेका थिएनन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि नेकपाले काठमाडौ सहित देशका विभिन्न स्थानमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएयता पार्टीका महत्वपूर्ण बैठकहरू पनि बस्न सकिरहेका छैनन् । पार्टी गतिविधि सुस्त भएको भन्दै नेकपाभित्र असन्तुष्टिसमेत बढ्न थालेको छ।

प्रकाशित: २ मंसिर २०७५ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App