काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा पार्टीको आन्तरिक एकीकरणका क्रममा देखिएका विवादलगायतका समसामयिक विषयमा छलफल भएको छ । नेकपाको आन्तरिक एकतामा विवाद भइरहेका बेला दुई अध्यक्षकाबीचमा छलफल भएको हो ।
‘दुई अध्यक्षकाबीचमा समसामयिक विषयमा छलफल भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने । छलफलमा हालै सम्पन्न भएको बिम्स्टेक सम्मेलन, अध्यक्ष दाहालको भारत भ्रमण तथा अन्य विविध विषयमा छलफल भएको छ । प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया लम्बिदै गएका बेला दुई अध्यक्षकाबीचमा एकता प्रक्रियालाई छिट्टै सम्पन्न गर्ने सहमति भएको जनाइको छ ।
नेकपाको आन्तरिक एकता प्रक्रियामा पूर्व एमाले भित्रैको विवाद तथा पूर्व एमाले तथा पूर्व माओवादी केन्द्रकाबीचमा भागभण्डा नमिल्दा एकिकरण प्रक्रिया लम्बिदै गएको छ । आन्तरिक एकताका लागि गठित कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा नेकपाको स्थायी समिति बैठक समेत दुई पटक सरिसकेको छ ।
प्रकाशित: २० भाद्र २०७५ ०२:०१ बुधबार