काठमाडौं – आजबाट सुरु हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) कौ चौथो शिखर सम्मेलनमा सहभागी हुन तीन देशका सरकार प्रमुख काठमाडौं पुग्दैछन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा आज विहान काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। भारतीय प्रधानमन्त्री मोदी विहान साढे ८ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको बताइएको छ।
शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक बुधबार काठमाडौं आइपुगेका छन्।
प्रकाशित: १४ भाद्र २०७५ ०२:०० बिहीबार