१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्ल मार्क्सकाे द्विशतवार्षिकीमा विचार गोष्ठीको आयोजना

वीरगन्ज - ‘पुँजी’ भन्ने बिश्व प्रसिद्ध पुस्तक श्रृंखला र आफ्नो बिचार मार्फत संसारका कम्युनिष्टहरुका प्रेरणास्रोत रहेका प्रसिद्ध विद्वान ‘कार्ल मार्क्स’ को जन्म भएको दुइसय वर्ष पुगेको अवसरमा वीरगन्जमा बुधवारदेखी ‘मधेसमा कार्ल मार्क्स’ विषयक दुइदिने प्रदेश स्तरीय विचार गोष्ठी शुुरु भएको छ। कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समितिले वीगन्जको  नगरसभा गृहमा आयोजना गरेको उक्त गोष्ठीको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनालले उद्घाटन गरे।

कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले प्रदेश २ मार्क्सवादका लागि उर्बर भूमी भएकाले प्रदेश २ मा नेकपाको प्रभाव बढाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नु पर्ने बताए। नेता खनालले नेपालमा भएका विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तन र राजनीतिक उपलब्धीलाइ संस्थागत गर्न मार्क्सवाद एकमात्र मार्ग भएको बताए। लोकतन्त्र अहिले कलिलो अवस्थामा रहेको खनालले टिप्पणी गरे। लोकतन्त्रलाई व्यवस्थित र बलियो बनाउनु नेपालका सबै राजनीतिक दलको जिम्मेवारी भएको उनले बताए। लोकतन्त्रलाइ बलियो र व्यवस्थित बनाएर मात्र मुलुक समाजवाद र साम्यवादको गन्तव्यसम्म पुग्ने भन्दै नेता खनालले यसका लागि माक्सवार्दको गहन अध्ययन आवश्यक रहेको बताए। गोष्ठि विहिवार सम्म चल्ने छ।

 

प्रकाशित: ६ भाद्र २०७५ १४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App