१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एक अर्ब सहयाेगकाे घाेषणा गर्दै माेदीले भने, 'नेपालीकाे स्वाभिमान सगरमाथाभन्दा अग्लाे'

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमण प्रधान तीर्थयात्रीको रुपमा भएको बताएका छन् । उनले जनपुरस्थित १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै भने, ‘मेरो यसपटकको भ्रमण प्रधानमन्त्रीको हैसियतभन्दा पनि प्रधान तीर्थयात्रीको रुपमा हुँदैछ ।’

उनले सम्बोधनको सुरुवातमै अघिल्लो पटक जनकपुर आउन नपाएको क्षमा मागे । उनले ढिलै भएपनि राम्रो दिनमा सीता मैयाको दर्शन गर्न पाएकोमा उत्साहित भएको बताए । ‘मैले संविधानसभामा सम्बोधनकै बेला जनकपुर आउन भनेको थिएँ । तर म सबैसँग क्षमा माग्न चाहन्छु कि मलाई यहाँ आउन ढिलाई भयो,’ उनी क्षमा माग्दै भने, ‘तर सीता मैयाले भद्रकाली एकादशीकै दिन दर्शन गर्ने समय जुराइदिएको रहेछ । राजा जनकको राजधानीमा आएर म धन्य भएँ ।’

नेपाल र भारतको सम्बन्ध दशरथ र जनकले त्रेतायुगमै बाँधिदिएको भन्दै मोदीले त्यही सम्बन्धमा हामीहरु एकअर्कालाई तानेर ल्याउने गरेको बताए

प्रधानमन्त्री केपी शर्मा ओलीको दुई दिने राजकीय भ्रमणमा आएका प्रधानमन्त्रीले मोदीले जानकी मन्दिरको दर्शन गरेर आफ्नो वर्षौंदेखिको मनोकामना पूरा भएको बताए । 

नेपाल–भारत सम्बन्ध त्रेतायुगदेखि नै
प्रधानमन्त्रीले मोदीले नेपाल–भारत सम्बन्ध हालसालैको नभएर त्रेता युगदेखि नै भएको बताए । नेपाल र भारतको सम्बन्ध दशरथ र जनकले त्रेतायुगमै बाँधिदिएको भन्दै मोदीले त्यही सम्बन्धमा हामीहरु एकअर्कालाई तानेर ल्याउने गरेको बताए । ‘रामेश्वरमा हुनेहरुलाई पशुपतिमा, लुम्बिनीमा हुनेहरुलाई बोधगाया तानेर ल्याउनुको एउटै कारण छ, हाम्रो सम्बन्ध अटुट छ, पुरानो छ,’ उनले भने। 

नेपाल–भारत सम्बन्धको कुनै परिभाषा नभएको भन्दै उनले भने, ‘हाम्रो सम्बधनको भाषा आस्था र आफ्नोपन हो, रोटीबेटीको सम्बन्ध हो ।’ उनले हाम्रो सुख र चुनौती, आशा र आकांक्षा, चाहना र सपना पनि सामान भएको बताए । 

उनले नेपाल बिना भारतको आस्था पनि अधुरो भएको बताए । ‘नेपाल बिना  भारतको विश्वास अधुरो छ । इतिहास अधुरो छ,’ मोदीले भने, ‘नेपाल बिना हाम्रो धाम अधुरो छ । राम अधुरो छ ।’ 

मोदीले आफ्नो दुःख पहाडजस्तो भएपनि मित्रको दुःखभन्दा ठूलो नहुने बताए । ‘जुन साथीको दुःखले दुःख हुँदैन, उसलाई देखेर पनि पाप लाग्छ । तपाईँहरुको दुःख पहाडजस्तो ठूलो भएपनि धेरै महत्व नदिनुस् । यदि मित्रको दुःख धुलोजस्तै भएपनि पहाड मानेर अघि बढ्नपर्छ,’ उनले भने ।

नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो
भारतीय प्रधानमन्त्री मोदीले नेपालीको स्वाभिमान सर्वोच्च शिखर सगरमाथाभन्दा पनि अग्लो बताएको बताएका छन् । उनले सम्बोधनको क्रममा जनकपुरबासीको आफ्नोपन देखेर नेपालीहरुको स्वाभिमान सगरमाथाभन्दा पनि अग्लो भएको बताए । ‘जसरी मिथिलाको लोककला र स्वागत सम्मान अदभूत छन्, त्यसरी नै नेपालीको स्वाभिमान पनि अदभूत छन । तपाईँहरुको आफ्नोपन देखेर मलाई लागेन कि म कुनै अर्को ठाउँ आइपुगे,’ उनले भने ।

उनले नेपाल अध्यात्म र दर्शनको केन्द्र रहँदै आएको भन्दै यो लुम्बिनी र भगवान बुद्धको जन्म भएको देश भएको बताए । 
उनले हामी एकअर्कालाई कति साथ दिइरहेका छौं भनेर इतिहास साक्षी छ भएको बताए । ‘इतिहास साक्षी छ, दुःख आउने वितिकै दुबै देश एक अर्कालाई साथ दिएका छौं । यतिमात्र नभएर भारत दशकौंदेखि नेपालको विकासको साझेदार रहँदै आएको छ । हाम्रो लागि नेपाल सबैभन्दा पहिला आउँछ,’ मोदीले भने। 

यो साझेदारीलाई नयाँ ऊर्जा दिन आफू नेपाल नेपाल आउने अवसर मिलेको उनले बताए । उनले विकासको पहिलो सुत्र लोकतन्त्र भएको बताउँदै लोकतन्त्रलाई नेपालीहरुले मजबुत बनाएको बताए । उनले तीन चरणको चुनाव गरेर इतिहास बनाएको नेपाललाई नेपाली जनताले पनि आफ्नो आकांक्षा पूरा गर्न जनादेश दिएकोमा बधाई दिए । जुन भारत र सबै क्षेत्रका लागि गौरवको विषय भएको मोदीले बताए । 

उनले आफूहको प्राथमिकता अझै पाँच ‘टि’ भएको बताए । ट्रेडिसन, ट्रेड, टुरिजम, टेक्नोलोजी, ट्रान्सपोर्ट नै विकासको प्रमुख कडी भएको उनले बताए । 

भारतले नयाँ भारतको परिकल्पना गरेजस्तै नेपालले पनि समाजिक आर्थिकको नयाँ चरणमा प्रवेश गरेको उनले बताए । नेपाल पनि सुशान र समावेशीतिर उन्मुख भएको बताउँदै प्रधानमन्त्री मोदीले सवा सय करोड भारतीयले देखेको सपनाजस्तै नेपालीहरुको आँखामा पनि समृद्धिको त्यो चमक देखेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भिजन पनि समृद्ध र सुखी नेपाल रहेको बताउँदै उहाँको भिजनलाई भारतले आत्मसाथ गरेको बताए । 

उनले आफूहको प्राथमिकता अझै पाँच ‘टि’ भएको बताए । ट्रेडिसन, ट्रेड, टुरिजम, टेक्नोलोजी, ट्रान्सपोर्ट नै विकासको प्रमुख कडी भएको उनले बताए । 

उनले भारतलाई नेपालसँग, हाइवे, आइवे, ट्रान्सवे, रेलवे, हवाइसेवा र जलमार्गसँग जोडिन चाहेको बताए । उनले जनताबीचको सम्बन्ध राम्रो बनाउन कनेक्टिभिटी अपरिहार्य रहेको बताउँदै यस्तो कनेक्टिभिटी विस्तार गर्न आफू तत्पर रहेको बताए । त्यतिमात्र नभएर सबै क्षेत्रबाट नेपाली र भारतीय निर्धक्क आवत जावत गर्न सक्नुपर्ने बताए । रामायण सर्किट प्रारम्भ त्यसकै सुरुवात भएको उनले बताए । 

‘म त केवल जानकी माताको दर्शन गर्न आएको थिएँ, यो उपहार मैले भारतीय जनताको तर्फबाट उहाँको चरणमा समर्पण गरेको छु,’ घोषण गर्दै मोदीले भने । 

उनले जयनगर–जनकपुर रेलमार्ग, रक्सौल अमलेखगन्ज पाइपलाइन, रक्सौल–काठमाडौं रेलमार्ग विस्तार गर्ने योजना पनि त्यसकै प्रारुप भएको बताए । उनले कृषि क्षेत्रमा पनि साझेदारी बढाउने घोषणा गरे । विज्ञान र प्रविधि बिना कुनै विकास सम्भव नभएको बताउँदे उनले कृषिमा प्रविधिको सहयोग भारतले गर्ने बताए । 

एक अर्ब सहयोगकाे घाेषणा
मोदीले रामायण सर्किटको लागि एक अर्ब सहयोग गर्ने घोषणा गरेका छन् । ‘म त केवल जानकी माताको दर्शन गर्न आएको थिएँ, यो उपहार मैले भारतीय जनताको तर्फबाट उहाँको चरणमा समर्पण गरेको छु,’ घोषण गर्दै मोदीले भने । 

प्रकाशित: २८ वैशाख २०७५ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App