काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।
पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति भण्डारी शनिबार बाँसबारीस्थित न्यूरो अस्पताल पुगेकी थिइन्।
राष्ट्रपति भण्डारीले डा देवकोटासँग संक्षिप्त कुराकानी समेत गरेकी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। भेटका क्रममा राष्ट्रपति भण्डारीले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।
बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिनअघि मात्रै स्वदेश फर्किएका हुन्।
प्रकाशित: २२ वैशाख २०७५ ०७:०८ शनिबार