६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र प्रहरी नियन्त्रणमा

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अभियन्ता नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार उनलाई अहिले 'होल्ड'मा राखिएको छ। "उहाँलाई अहिले होल्डमा राखिएको छ," अधिकारीले भने।

अभियन्ता नेपाललाई नेपालको भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई अवरोध पुर्‍याउन सक्ने आशङ्कासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिह्न लिन नेपाल आएका हुन्। यस विषयमा प्रश्न गर्दै अभियन्ता नेपालले चिनियाँ सेना प्रमुखलाई पनि सोही दर्जा प्रदान गर्नुपर्ने भन्दै विज्ञप्तिसमेत सार्वजनिक गरेका थिए ।

प्रकाशित: ६ मंसिर २०८१ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App