६ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपनिर्वाचनको सुरक्षा अनुगमन तीव्र

दैलेखको महावु गाउँपालिकाको मतदान केन्द्रमा सुरक्षा अवस्थाबारे अनुगमन गर्दै । तस्बिर: गोविन्द केसी/नागरिक

मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा सुरक्षा निकायबाट तीव्र गतिमा अनुगमन भइरहेको छ।

दैलेखको महावु गाउँपालिका अध्यक्षका लागि गाउँपालिकामा मतदान केन्द्रहरू र दुल्लुनगर पालिका –१३ को वडाअध्यक्ष पदको लागि मतदान स्थलको सुरक्षा निकायले अनुगमन तीव्र पारेको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी जनक भटराई, दैलेखका प्रहरी जिल्ला अधिकारी नमराज जैसी, जिल्ला प्रहरी प्रमुख सुनिल दाहाल लगायत सुरक्षाअधिकारीले मतदान स्थलको अनुगमन गरेका छन्। 

निर्वाचनमा हुने सुरक्षा सावधानी सहित सुरक्षा निकायबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानबाट टिम खटाइने जनाइएको छ। महावु विगतमा पनि मत पेटिक तोडफोडका कारण उपनिर्वाचन हुने स्थल रहेकाले सुरक्षा निकायहरू सुरक्षा व्यवस्था कडाइ गर्नका लागि सुरक्षा रणनीति बनाएका छन्। शान्तिपूर्ण निर्वाचनका सुरक्षा व्यवस्थामा कमी नहुने गरी रणनीतिहरू तयार भएको सुरक्षा निकायका प्रमुखहरूले बताए।

प्रकाशित: ६ मंसिर २०८१ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App