दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारमा आएका नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले महावुको विकासका लागि आफ्नो भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका छन्।
नेपाली कांग्रेस गाउँ कार्यसमितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता महतले महावु गाउँपालिकासम्म आउने सडक स्तरउन्नतीको लागि बजेट सुनिश्चित गर्ने बताएका हुन्।
अगुवा कार्यकर्ताहरूलाई डा। महतले नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्न अपिल समेत गरे। ‘यो क्षेत्रमा विकास निर्माणका योजनाहरू ल्याउन नेपाली काँग्रेस काम गरेको छ। जिल्लाका ठुला पूर्वाधारको योजनाहरू पनि म अर्थ मन्त्री हुँदा हालेको हो’ महतले भने।
आगामी दिनमा पनि पार्टीको तर्फबाट दैलेख उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ। महावुमा अध्यक्ष जिताउन र विकासका योजना ल्याउने जिम्माको संयोजन आफूले गर्ने पनि बताए।
देशमा विकासको लहर कांग्रेसले सरकारको नेतृत्वमा पुगेको बेला भएको भन्दै डा। महतले काँग्रेस विना विकास सम्भव नभएको बताए।
प्रकाशित: ४ मंसिर २०८१ ११:४१ मंगलबार