मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पूर्व सभामुख स्व.दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रुपमा आफूले लिएको बताएका छन्।
सोमबार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले स्व।ढुंगानाका जीवनका विभिन्न आयामहरू रहेको बताए।
उनले स्व.ढुंगाना कानुनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भई संवैधानिक, कानुनी, राजनीतिक पक्षका मुद्दाहरूमा बहस गर्नुभएको बताए। उनले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताए।
मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले स्व.ढुंगानाले समाज र राष्ट्रको लागि कानुनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय रहेको बताए।
प्रकाशित: ३ मंसिर २०८१ १५:४४ सोमबार