७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अहिलेका नेताहरु करोड घटीका घुस खाँदैनन्: पूर्व न्यायाधीश कार्की

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले हालका नेताहरूलाई करोडभन्दा कमको घुस नलिने ‘ठूला घुस्याहा’ भएको आरोप लगाएका छन्।

साहित्यकार तथा पत्रकार हरि अधिकारीले विशिष्ट व्यक्तिहरूसँगको अन्तर्वार्ता संकलन गरी प्रकाशित गरेको पुस्तक ‘संवादमा समयविम्ब’ माथि सोमबार भक्तपुरमा आयोजित प्राज्ञिक छलफलमा कार्कीले यस्तो गम्भीर टिप्पणी गरेका हुन्।

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित छलफलमा कार्कीले भने, ‘ठूला दलका नेताहरू अहिले करोडभन्दा कमको घुस खाँदैनन्।’

कार्यक्रममा उनले सहकारी ठगीसम्बन्धी आफ्नो पूर्वजाँच प्रतिवेदन नेताहरूले पढ्दै नपढी बेवास्ता गरेको अनुभव पनि सुनाए।

उनले भने, ‘तीन वर्षपछि फेरि प्रतिवेदन मागियो, तर अगाडि दिएको प्रतिवेदन कता हरायो, कता ?’ चिकित्सा आयोग र मिटरव्याज आयोगको प्रतिवेदन पनि नेताहरूले पढ्नै नपढी मिल्काएको उनको आरोप थियो।

कार्यक्रममा साहित्यकार सनत वस्ती, हेमन्त शमशेर राणालगायतले पुस्तकबारे चर्चा गरे। लेखक हरि अधिकारीले कार्यक्रमको स्वागत गरेका थिए भने आयोजक सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले विषयको महत्वलाई उठाएका थिए।

प्रकाशित: ३ मंसिर २०८१ १४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App