७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

.

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ।

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै  शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा ढुङ्गानाको महत्वपूर्ण योगदान रहेको बताए।

“सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,” गौतमले विज्ञप्तिमा भनेका छन्।

आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको थियो। ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए। आज सरकारले उनको निधनमा शोक मनाउँदै सार्वजनिक बिदा समेत दिएको छ।

प्रकाशित: ३ मंसिर २०८१ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App