४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

<br>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।पार्टी मूख्यालयमा आइतबार पत्रकार सम्मेलन गरी रास्वपाले यही मंसिर ८ गते शनिबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर नभएकाले दोस्रो चरणको आन्दोलनमा जान बाध्य भएको बताए। भेटेरै मागबारे जानकारी गराउने प्रयास गरे पनि प्रधानमन्त्री ओलीले समय नदिएको झाको भनाइ थियो।

सहकारी पीडितको बचत रकम फिर्ता गर्नुपर्ने, स्वायत्त सहकारी प्राधिकरण बनाउनुपर्ने, राजनीतिक प्रतिशोध अन्त्य हुनुपर्ने, फौजदारी कानुन संशोधन गर्नुपर्ने, भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने लगायत माग राखेर रास्वपा आन्दोलनमा छ।सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि रास्वपाले गत कार्तिक ३ गतेदेखि पोखराबाट आन्दोलन सुरु गरेको हो।  

प्रकाशित: २ मंसिर २०८१ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App