४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

दाहालको उही रटान: फेरी एक पटक आन्दोलन आवश्यक

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एक पटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए।

उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्न आवश्यक रहेको ‍औंल्याए। उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरूले भनेको जस्तो संविधान नबनेको पनि जिकिर गरे।

अध्यक्ष दाहालले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए। अध्यक्ष दाहालले भ्रष्टाचारीहरूलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको दोहोर्‍याए।

प्रकाशित: १ मंसिर २०८१ १५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App