३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रविसँगै छविलाई कास्की अदालत लगियो

पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई आज पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपकालागि  अदालतमा उपस्थित गराइएको हो। 

एक साता हिरासतमा राख्ने अनुमति पाएकोमा त्यो म्याद तिहार बिदाकै बीचमा सकिएकाले प्रहरीले आज पुनः कास्की जिल्ला अदालतमा उनलाई उपस्थित गराएको छ। यसअघि दुई पटक म्याद थप गरिसकिएको छ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । प्रहरीले रविसँग थप बयान लिने तयारी गरेको छ।

आवश्यक कागजात तयार पार्न, ततिम्बा बयानसमेत लिनु पर्ने भन्दै प्रहरीले थप हिरासतमा राख्ने अनुमति माग्ने तयारी गरेको छ। लामिछानेले गत चैतमा मलेसिया गएर जीबीलाई भेटेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको कारोबार पनि अस्वभाविक देखिएको प्रहरी श्रोतको भनाइ छ। उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

प्रहरीले अहिले रविको बैंक खाता र त्यसमार्फत भएका सबै कारोबार संकलन गरिरहेको छ। लामिछानेले नेपालबाट विदेश रकम पठाएको प्रहरीले आशंका गरेको छ।प्रहरीले सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने छ।यसैबीच रुपन्देहीमा पनि उनीविरुद्ध पूरक जोहेरी आएको र पक्राउ पुर्जी पनि जारी भइसकेकाले बयानका लागि उनलाई बुटवल लगिने बताइएको छ।  

सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पनि म्याद थपका लागि अदालत पेश गरिएको छ।

प्रकाशित: २० कार्तिक २०८१ ११:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App