१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

भाटभटेनीमा मेरो लगानी छैन भन्ने क्लियर भो, धन्यवाद केपी जीः अध्यक्ष दाहाल

<br>

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भाटभटेनी सुप मार्केटमा आफ्नो लगानी नभएको कुरा क्लियर गर्दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

माओवादी केन्द्रले शनिबार सरकारविरुद्ध काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले एमालेलाई जग्गादान गर्दा त्यहाँ आफ्नो लगानी नभएको कुरा प्रष्ट भएको बताएका हुन्।

‘मलाई एउटा आरोप थियो, आरोप त धेरै लगाउने गरेका थिए प्रतिक्रियावादीले । यो भाटभाटेनी भन्ने प्रचण्डको हो भनेर दुईचारवर्ष देखि,’ अध्यक्ष दाहालले भने, ‘म होइन भन्छु, पत्याउने कसैले होइन, प्रचण्डकै हो भनेर हिँड्याछन् मान्छेहरू। अब हाम्रो नेतृत्वको सरकारले गिरफ्तार गर्दा पनि प्रचण्डकै हो भन्या थे उनीहरू। म हैरान थिए, यो के गरी क्लियर गर्ने ? भनेर।’  

अहिले प्रधानमन्त्री ओलीले क्लियर गर्दिएको अध्यक्ष दाहालले बताए। उनले भने, ‘अहिले केपीजी ले क्लियर गर्दिनुभो धन्यवाद केपी जी। यसको सेयर होल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं रहेछ भनेर तपाईंले नै क्लियर गर्दिनुभो मैले बोल्नै परेन।’

ओलीले नै व्यवसायी गुरुङ ‘एमालेमै हुनुहुन्थ्यो बिचमा यताउता जानुभो अहिले एमालेमै आउनुभो’ भनेर क्लियर गर्दिएको अध्यक्ष दाहालले बताए।

प्रकाशित: १० कार्तिक २०८१ १६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App