१० कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहालको दाबी: मैले पूर्व राजालाई भेटेको छैन

<br>

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको कुरा झुटा रहेको बताएका छन्। शनिबार पार्टीको खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो हल्लाको खण्डन गरेका हुन्।

‘एउटा संविधान संशोधनसम्बन्धी कार्यक्रममा रवीन्द्र मिश्रसँग भेट भो उहाँले तपाईंलाई भेट्न चाहन्छु भने। हिजोको पत्रकार मैले भेट्न नहुने होइन,’ अध्यक्ष दाहालले भने, ‘मैले के भेटेको थिएँ, मैले ज्ञानेन्द्र शाहलाई भेट्यो भन्ने स्यालहुँइया छ।’

एक थरीले झापामा र अर्को थरीले काठमाडौंमै पूर्वराजालाई भेटेको भन्ने हल्ला चलाएको अध्यक्ष दाहालले बताए। उनले भने, ‘एक थरीले झापामा भेटे अरे मैले पूर्व राजालाई एक थरीले यहाँ नै भेटेँ अरे। हिजो त एक जना वरिष्ठ पत्रकार बिचरा उहाँको दिमाग कसले चाटिदिएछ ज्ञानेन्द्र शाहलाई भेटे प्रचण्डले भनेर उहाँले पनि लेख्दिनुभयो। यस्ता भ्रामक झुटा, बेइमानीपूर्ण प्रचार गर्नेप्रति खेद प्रकट गर्न चाहन्छु, मैले भेटेको छैन।’

आफूले झापामा पनि नभेटेको उनले बताए। ‘झापामा पनि भेटेको पनि छैन, बरु उहाँले प्रचण्ड एयरपोर्टमा छ भनेपछि फर्किएको सुनेको छु। यस्तो पो हो त सक्कली कुरा,’ उनले भने।

प्रकाशित: १० कार्तिक २०८१ १५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App