८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

वन मन्त्रीको १६ बुँदे काम

<br>

<br>

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक सय दिनको कामलाई १६ वटा बुँदामार्फत सार्वजनिक गरेका छन्।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस अवधिमा दिगो वन व्यवस्थापन मापदण्ड तर्जुमा गर्न देखिका रहेका छन्।

सामुदायिक वन व्यवस्थापन सहजीकरण्सम्बन्धी मार्गदर्शन तयार गरिएको मन्त्रालयले जनाएको छ। बँदेललाई हानिकारक जीवजन्तुमा सूचीकरण गरिसकिएको र रातो बाँदरलाई पनि घोषणा गर्ने क्रममा रहेको मन्त्री शाहीले बताए।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन र राहत वितरणलाई प्रभावकारी बनाइएको, कार्बन व्यापारमा निजी क्षेत्र समेत समावेश गर्नेगरी संरक्षण नियमावलीको संशोधन प्रक्रिया अघि बढाइएको विवरण मन्त्रालयले प्रस्तुत गरेको छ।

राष्ट्रिय वन र प्रदेश वनको क्षेत्रफल अद्यावधिक गर्न राष्ट्रिय भू–क्षेत्र नक्साङ्कन गरिएको समेत मन्त्रालयको भनाइ छ।

कार्बन उत्सर्जन न्यूनीकरणबापत १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ प्राप्त गरेको, ११ वटा विकास आयोजनालाई वन क्षेत्रको १२० हेक्टर जग्गा प्रयोग गर्न र ४४ हजार २७७ रुख काट्न स्वीकृति दिइएको मन्त्रालयले जनाएको छ।

जनसरोकारका विषयलाई जोड्न नसकेको जनाएका उनले,‘संघीयता लागु भएपछि वन संघ र प्रदेश दुवैको कार्यक्षेत्रमा पर्‍यो। जनसरोकारसँग जोडिने कतिपय विषय तल्ला सरकारमा गएका छन्।’

प्रकाशित: ८ कार्तिक २०८१ २०:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App