७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

आर्थिक अनुशासन गुम्ने गतिविधि सह्य हुँदैन: मन्त्री हाङगाम

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले आफ्नो मन्त्रालय र मातहतका कार्यालयहरूमा आर्थिक अनुशासन गुम्ने कुनैपनि गतिविधि भएको पाइए आफू त्यसबिरुद्ध निर्मम बन्ने बताएका छन्।

जिल्ला समन्वय समिति ताप्लेजुङको आठौँ जिल्ला सभा तथा वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री हाङगामले आफूले सम्हालेको मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारी कर्तव्य,जिम्मेवारी र नैतिकतावोध सहितको हुनुपर्ने आफ्नो मान्यता रहेको प्रस्ट्याए। कर्तव्य,जिम्मेवारी र नैतिकताबाट च्युत भएको पाइए आफू त्यसबिरुद्ध निर्मम रूपले प्रस्तुत हुने उनको भनाई थियो।

उनले मातहतका निकायका कर्मचारीहरुलाई कर्तव्य र जिम्मेवारीबाट अलिकति पनि तलमाथि नहुने गरी काम गर्न निर्देशन पनि दिए। जनप्रतिनिधि र कर्मचारीबिचको कार्यप्रतिको बोध र असल सहकार्यको तादम्यताले मात्र देश विकासको गति बढाउने उनको भनाई थियो। मन्त्री हाङगामले नीतिनियम,कार्यादेश,जिम्मेवारी र कर्तव्य भुल्ने हो भने यसले आर्थिक सहितका सबै अनुशासन गुम्ने भएकोले यसतर्फ कर्मचारी संयन्त्र सचेत हुनुपर्ने बताए।

ताप्लेजुङको समग्र विकासको मुख्य जिम्मेवारी प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा स्थानीय तहका प्रमुखहरूको रहेकोमा जोड दिँदै हाङगामले विकास र समृद्धिको अभियानमा सहकार्य गर्न आफू जहिल्यै तयार रहेको बताए। ‘विकास निर्माणको साझा एजेण्डामा साझा सहमति कायम हुनु अपरिहार्य गरेकोमा मन्त्री हाङगामले जोड दिए।

प्रकाशित: ७ कार्तिक २०८१ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App