६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
राजनीति

महाकाली कोरिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा: रक्षामन्त्री राई

रक्षा मन्त्री मानवीर राईले महाकाली कोरिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्।

मंगलबार सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल निर्माणदेखि नै नेपाली सेनाको ठुलो भुमिका रहेको उल्लेख गर्दै नेपाली सेनालाई अप्ठ्यारो पार्ने भन्दा पनि भरलाग्दो, विश्वासिलो भएकै कारणले जिम्मेवारी दिइने गरेको उल्लेख गरे।

उनले नेपाली सेनालाई विवादित बनाउने काममा सरकार नरहेको प्रष्ट पारे। लिपुलेक क्षेत्रको बाटो (कर्णाली कोरिडोर) सरकारको उच्च प्राथमिकतामा रहेको र बजेट कम भएका कारण समय भन्दा केही ढिलो भएको उनको तर्क थियो।

मन्त्री राईले आगामी बजेटमा धेरै भन्दा धेरै बजेट ल्याएर कोरिडोर सम्पन्न गर्ने विश्वास व्यक्त गरे। नेपालको भूगोल र नेपाली जनता भएका ठाउँमा सुविधा र सडक पुर्‍याउने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको उनले जनाए।

प्रकाशित: ६ कार्तिक २०८१ १७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App