४ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

अदालत जानुअघि रविले भने: केपी ओली मुक्त देश बनाउन सबै जुट्नुस्

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेले यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई आग्रह गरेका छन्।

आइतबार अदालत जानुअघि बोल्दै लामिछानेले आफ्ना लागि नभएर यो सरकार नढलेसम्म सडकमै रहन कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले भने, 'सम्पूर्णलाई आग्रह गर्न चाहन्छु। यो सरकार नढलेसम्म केपी ओलीको शासन सत्ता नढलेसम्म सबैले दुख पाउँछन्। यो देश कहिल्यै बन्दैन। मलाइ जस्तै केपी ओलीलाई छानबिन गर्ने हो भने सबै भन्दा बढी भ्रष्टाचारको जगमा उभिएको केपी ओली हो। देशको प्रधानमन्त्री हुनु दुर्भाग्य हो। यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ। यिनीहरूको यो सत्ता अब अन्य हुनुपर्छ। सबैलाई सडकमा आएर दबाब दिन आग्रह गर्दछु।' 

प्रकाशित: ४ कार्तिक २०८१ १४:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App