३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार ढल्दैन: डा. कोइराला

<br>

<br>

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस –एमाले गठबन्धनको सरकारले ढल्ने सम्भावना नभएको बताएका छन्।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले तत्कालै सरकार ढल्ने सम्भावना नरहेको बताएका हुन्।  

वर्तमान गठबन्धनको सरकार राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको डा. कोइरालाको भनाइ थियो। उनले आगामी निर्वाचनसम्म यो सरकार रहने दाबी पनि गरे।

सरकार ढल्ने सम्भावना नभए पनि सरकारको काम चित्तबुझ्दो नभएको कोइरालाले बताए। उनले सरकारले उद्देश्य अनुरूप कार्य भने गर्न नसकेको टिप्पणी गरे।

‘यो सरकार ढल्दैन, चल्छ। तर सरकार, सरकार जस्तो भएर चल्नुपर्दछ,’ कोइरालाले भने, जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ।’

उनले नेपाली जनताले सुशासन, आर्थिक विकास खोजेको सुनाए। उनले भने ‘जनताले धेरै चिज खोजेका छैनन्। सुशासन र आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन्।’

सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको भन्दै नेता कोइरालाले सुशासन बिना आर्थिक विकास सम्भव नभएको स्पष्ट पारे।

कोइरालाले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भन्दै अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३ कार्तिक २०८१ १९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App