९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा नेपालले गर्‍यो पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट गरेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार जसपा नेपालले १७ वटा विभागहरु गठन गरेको छ। जसमध्ये पाँच वटा विभागमा प्रमुख तोकिएको छ। जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, आर्थिक विभाग प्रमुखमा बलराम महतोलाई जिम्मेवारी तोकेको छ।

यसैगरी युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा विदेश्वरप्रसाद यादव र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा जितेन्द्र यादवलाई तोकेको छ भने अन्य विभागहरुमा प्रमुख, उपप्रमुख तोक्न बाँकी छ।  

जसपा नेपालका २७ विभागमध्ये १७ विभाग गठन गरिएको सो पार्टीले जनाएको छ। पार्टीका महासचिव लालबाबु राउतले जिम्मेवारी बाँडफाँटलगायत अन्य निर्णयसहितको परिपत्र जारी गरेका छन्।

जसपा नेपालको प्रथम महाधिवेशन सम्पन्न भएपश्चात पहिलोपटक बसेको केन्द्रीय कार्यकारिणी समितिले सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठनलगायतको निर्णय गरेको हो। रासस

प्रकाशित: ९ आश्विन २०८१ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App