३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

करको दर घटाउने सहमति पछि रंगेलीको आन्दोलन फिर्ता

रंगेली नगरपालिकाले बढाएको करको दर घटाउन माग गर्दै एक साता देखि कांग्रेसले गर्दै आएको आन्दोलन कर घटाउने सहमतिपछि टुंगिएको छ।

आइतबार रंगेली नगरपालिकाका प्रमुख, उपप्रमुखसहित कांग्रेस र एमालेका जिल्ला नेताहरूबिच भएको छलफलले करको दर घटाउने सहमति गरेपछि कांग्रेसले आन्दोलन फिर्ता लिएको हो।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार कांग्रेस, नेकपा एमालेका पदाधिकारी, नगरपालिकाका मेयर र उपमेयरबिच भएको छलफलमा नगर सभाले बनाएको आर्थिक ऐन २०८१ मा केही संशोधन गरि नगरपालिकाले लगाएका करका दरहरू घटाउने सहमति भएको हो।

करको दर घटाउन नगरपालिका सहमत भएपछि आन्दोलन स्थगित भएको घिमिरेले जानकारी दिए।नगरपालिकाले वृद्धि गरेको करले जनता मर्कामा पर्ने जनाउँदै नेपाली कांग्रेस रङ्गेलीले एक सातादेखि आन्दोलन गर्दै आएको थियो।

छलफलमा नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर भूमाकुमारी पराजुली, मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, नेकपा एमालेतर्फबाट जिल्ला अध्यक्ष बाबुराम कार्कीलगायत सहभागी थिए।

आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकाज समेत प्रभावित हुँदै आएको थियो।

प्रकाशित: ३० भाद्र २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App