७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्याङ्कन गर्नुपर्ने बताएकी छिन् ।

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन । उनले कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताइन । 

गणेश पण्डितको मूल्याङ्कन पनि सोही कोणबाट गर्नुपर्ने बताइन  । उनले स्व। पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरङ्कुश पञ्चायती तानासाही शासनको कहाली लाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गरिन  । उनले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनु महत्त्वपूर्ण भएको बताइन ।

पूर्व राष्ट्रपति भण्डारीले अप्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताइन । 

प्रकाशित: १ भाद्र २०८१ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App