१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यौपाने र गैरे संसदीय समितिको सभापतिमा निर्वाचित

सङ्घीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्। प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित भएका हुन ।

निर्वाचित दुवै सभापतिहरूलाई सभामुख देवराज घिमिरेले शपथग्रहण गराए । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुरप्रसाद गैरेले नेपालको राज्य सञ्चालनको प्रक्रियामा राज्यका समग्र मन्त्रालयहरू र अन्य निकायहरूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुरूप भए नभएको अनुगमन गरी समितिले निर्वाह गर्नुपर्ने भूमिकामा काम गर्ने बताए । उनले संविधानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरू पूरा गर्ने गरी समितिले काम गर्ने प्रतिवद्धता जनाए।

संसदीय सुनुवाइ समिति सभापति ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति कसैलाई निर्दोष ठहर गर्नको लागि नबनेको बताइन। उनले राज्यको निकायहरूबाट सिफारिस भई आएका व्यक्तिहरूको विषयमा जनताको राय लिने काम समितिको भएको बताइन  । उनले संविधानमा भएको व्यवस्था अनुरूप काम गर्ने प्रतिवद्धता जनाइन । 

प्रकाशित: ३१ श्रावण २०८१ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App