९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दैलेखको नारायणमा योजना डुब्लिकेशन गरेर भुक्तानी

दैलेखको नारायण नगरपालिकाले पुरानो संरचनालाई देखाएर (योजना डुब्लिकेशन) भुक्तानी गरेको पाईएको छ । अघिल्लो वर्ष बनाएको नारायण नगरपालिका–१ पुरानो बजारस्थित कोतगढीमा रहेको सुन्दरी तोपको यो वर्ष पनि देखाएर भुक्तानी दिएको पाईएको हो ।  

कोतगढी पूर्वाधार निर्माण संरक्षण योजना अन्तर्गत ५ लाख २८ हजार ८ सय ७५ रुपैयाँ श्रमदानसहित ४५ लाख ५५ हजार ३ सय ७१ रुपैयाँको लागत अनुमान स्वीकृत गरी उपभोक्ता समितिसँग २०८० साल वैशाख ३ गते नारायण नगरपालिकाले सम्झौता गरेको थियो । 

अन्तिम समयमा नगरपालिकाका प्राविधिकहरुको मिलोमत्तोमा उपभोक्ता समितिले अघिल्लो आर्थिक वर्षमा सुन्दरी तोप निर्माण कार्य देखाएर यो वर्ष पनि भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालय समेतले औंल्याएको छ ।  

स्टोन सोलिङ, पीसीसी, स्टोन मेशिनरी वर्क, सुन्दरी टपमा ३७ एमएमको ढुंगा छाप्ने  काम, सुन्दरी टोपमा ढुंगा भर्ने काममा २ लाख ८७ हजार ७ सय २९ रुपैयाँ बराबर डुब्लीकेशन भएकाले उपभोक्ता समितिबाट असुल गर्नुपर्ने समेत महालेखाले औंल्याएको छ । 

स्थानीय नगरबासीहरुले योजना दोहोरो गरेर भुक्तानी दिने प्राविधिकहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् ।  

प्रकाशित: २९ श्रावण २०८१ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App