२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहकारी छानबिन समितिले पीडक पक्षसँग पनि छलफल गर्ने

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित विशेष संसदीय समितिले सहकारी ठगीका पीडक पक्षसँग पनि छलफल गर्ने भएको छ।

सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सहकारी ठगी प्रकरणका पीडक पक्षसँग छलफल गर्ने निर्णय गरेको हो।

समितिले विभिन्न जेलमा रहेका सम्बन्धित पीडकहरुलाई आवश्यक छलफल गर्नका लागि समितिमा उपस्थित गराउनका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए। उनले समिति निष्कर्षोन्मुख रहेको भन्दै अन्तिममा पीडकहरुसँग छलफल गरेर निर्णय प्रक्रियामा जाने बताए।

उनले भने, ‘करिब करिब हामी निष्कर्षतिर जान खोज्दैछौँ । पर्याप्त सुझावहरु हामीले लिइसकेका छौँ। प्रमाणहरु पनि जुटाइसकेका छौँ। अब जे–जे जुटेका छन् ति प्राप्त प्रमाणहरु र सुझावहरुका आधारमा हामीले प्रतिवेदन तयार गर्ने प्रक्रियाको शुरुवात गर्न लागेका छौँ आजबाट। अब पीडक पक्षसँग छलफल गर्न बाँकी छ। पीडक पक्षसँग पनि छलफल गर्ने जो विभिन्न जेलहरुमा छन्, विदेशमा छन्। गृहमन्त्रालयलाई आदेश पनि दिइसकेका छौँ कि हामीले, पीडकहरु जो छलफल गर्नका लागि आवश्यक छन्। ति सम्बन्धित पीडकहरुलाई समितिको कार्यालयमा उपस्थित गराउने भनेर आज हामीले एउटा निर्णय गरेका छौँ। अब अन्तिम पीडकहरुसँग छलफल गरिन्छ। त्यसपछि निर्णय प्रक्रियामा गइन्छ।’

प्रकाशित: २१ श्रावण २०८१ १५:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App