१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

बालेनलाई चेतावनी: न्युरोडकाे परिस्थितिले हिंसात्मक रूप लिए त्यसको जिम्मेवारी लिनुपर्छ

न्युरोडमा फुटपाथ विस्तारको विरोध गरिरहेका स्थानीयहरूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई चेतावनी दिएका छन्। 

आइतबार न्युरोडमा फुटपाथ विस्तारको विरोध गरिरहेका स्थानीयको नाममा  एक विज्ञप्ति जारी भएको छ।

विज्ञप्तिमा शान्तिपूर्ण विरोधका कार्यक्रम गरिरहे पनि नगर प्रहरी र अन्य व्यक्तिहरुले धाकधम्की दिने र आतंक सिर्जना गरेर परिस्थितिलाई जबरजस्ती हिंसात्मक बनाउने कोसिस गरिरहेको आरोप लगाइएको छ।

महानगरले आतंक सिर्जना गरी परिस्थितिलाई जबरजस्ती हिंसात्मक बनाउने कोसिस पनि गरिरहेको पनि आरोप लगाइएको छ। 

यदि परिस्थितिले हिंसात्मक रूप लियो भने यसको सम्पूर्ण जिम्मेवारी मेयरले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

त्यसो त फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जनले विरोध गर्दै सडकबाटै काम थालेका छन्। उनले आइतबार सडक मै बसेर काम गरेका हुन्। 

प्रकाशित: ६ श्रावण २०८१ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App