१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नारायणकाजी भन्छन्: सहकारी सञ्चालक पार्टीका छन्, काम गर्दा टिक्न दिन्नन्

फाइल तस्बिर।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल र नेताहरूले संरक्षण गर्न खोज्दा सहकारी समस्या देखिएको बताएका छन्।

शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।

‘सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन। तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला। अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ।’

आफूलाई गृहमन्त्रीबाट हटाएको विषयमा सांकेतिक असन्तुष्टि जनाउँदै श्रेष्ठले भने, ‘यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि।’

उनले राजनीति सफा नभइकन अरु समस्या समाधान नहुने दाबी गरे। ‘त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मासात गर्नुपर्ने अहिलेको अवस्था हो,’ उनले भने।

प्रकाशित: २२ असार २०८१ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App