२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेले संसद् सचिवालयलाई गरायो सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराएको छ।

शुक्रबार प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता लिएको पत्र संसद सचिवालयलाई पठाएका हुन्। अब नेकपा (एमाले) संसद्‍मा प्रतिपक्षमा रहने पनि बर्तौलाले जनाएका छन्। 

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको बर्तौलाको भनाइ छ।  

प्रकाशित: २१ असार २०८१ १३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App