१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा एसको महाधिवेशनमा ओली आएनन्, नेपालले भने: तीनवर्षको घाउ आलो भएर हाेला

नेकपा एकीकृत समाजवादी (नेकपा एस) को १० औं महाधिवेशन आइतबारबाट सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा भव्य उद्घाटन समारोहका बीच नेकपा एसको उद्घाटन भएको हो।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका प्रमुख दलका शीर्ष नेता शुभकामना दिन पुगेका थिए। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्।

यद्यपि ओलीलाई निम्तो दिएको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले खुलासा गरेका छन्। उद्घाटन सत्रको अन्तिममा सम्बोधन गर्दै उनले उक्त कुराको खुलासा गरेका हुन्।

‘नेकपा एमाले किन आएर भन्ने होला। मैले आफै १० औं चोटी फोन गरेको छु। फोन नलागे पछि पिएहरूलाई पनि लगातार फोन गरेको छु। एउटा पिएलाई नभए अर्कोलाई गरेको छु। कस्तो फोन पनि कस्तो बिग्रेको छ, प्रधानमन्त्रीज्यु तपाईंको टेलिकम्युनिकेसनको सिस्टमलाई सुधार गर्नुपर्ने भो। म्यासेजसम्म पठाएको छु डिटेलमा। म्यासेज पाएको पनि सूचना पाएको छु,’ अध्यक्ष नेपालले भने,‘तर भर्खर तीनवर्षको घाउ आलो छ, त्यसैको असर होला।’

राजनीतिमा यस्ता कुरा पचाएर जानसक्नुपर्ने उनले बताए। ‘त्यसैले नआउँदाको धेरै गुनासो नगरौं। सबैप्रति सद्भाव राखौं, घृणाभाव नराखौं आफ्नो लक्ष्यमा अगाडि बढौं,’ अध्यक्ष नेपालले भने।

प्रकाशित: १६ असार २०८१ १६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App