२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमा छलफल जारी रहने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा मङ्गलवारदेखि सुरु भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा छलफल जारी रहने छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ।

यसअघि मङ्गलवारको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।

छलफलमा सांसदहरू सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो.शी.(चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिएका थिए।

प्रकाशित: ३० जेष्ठ २०८१ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App