२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै बजेटमा करका दरहरु हेरफेर गरेका हौंः अर्थमन्त्री पुन

अर्थमन्त्री बर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरु हेरफेर गरिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले बिहीवार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।

उनले वर्तमान मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै नीतिगत स्थिरता समेत दिनेगरी आगामी आर्थिक वर्षको बजेट आएको बताए। सरकारले सार्वजनिक पक्षलाई जोड दिँदै सोही प्रतिवद्धता अनुसार नै बजेट ल्याइएको उनले उल्लेख गरे। उनले मुलुकमा सरकार र अर्थमन्त्री परिवर्तन भएपनि सरकारको नीति र वृहत सोचमा परिवर्तन नआउने गरी बजेट ल्याएको जानकारी दिए।  

उनले नयाँ चरणको आर्थिक सुधार गर्ने साझा सोचबाट बजेट आएको भन्दै वृहत छलफलबाट सोच निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए। निजी क्षेत्रसहितको साझा सोचबाट मुलुकको अर्थतन्त्रमा नयाँ चरणको परिवर्तन गर्ने सरकारको प्रतिवद्धता रहेको उनले उल्लेख गरे। उनले  सरकार निजी क्षेत्रको साझा सोच र संकल्पबाट मात्रै नयाँ चरणको सुधार हुनसक्ने दाबी गरे। उनले छिमेकी देशको आर्थिक विकासलाई समेत दृष्टिगत गरेर सरकारका प्राथमिकता बजेटमार्फत सार्वजनिक गरेको उल्लेख गरे।  

उनले सरकारले कृषिलाई आधार र आइटीलाई नेतृत्व रोलमा राखेको बताए। करका दर हेरफेर तीन महले बनाएर हेरफेर गरेको भन्दै यो विषयमा सार्वजनिक बहस गर्न तयार रहेको उनको भनाइ छ। उनले करका दर हेरफेरमा प्रतिष्पर्धाको माध्यमबाट मुलुकभित्रै उद्यम गर्ने व्यवसायीहरु सरकारसँग डराउनु नपर्ने बताए।

कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा लगायतका प्राथमिकता प्राप्त क्षेत्रले आर्थिक वृद्धिमा मुख्य भुमिका खेल्ने उनको भनाइ छ। उनले बजेटमा उक्त क्षेत्रलाई बढी प्राथमिकता दिएको बताए। उनले स्पञ्ज आइरनको करका दर हेरफेर गर्दा टिप्पणी आउँछ भन्नेमा पहिला नै जानकार भएको बताए। बिभिन्न सरकारी अध्ययनको प्रतिवेदनको आधारमा नै यसमा करको दर परिवर्तन गरेको बताए। उनले सरकारले लुकाएर करका दर हेरफेर नगरेको उनले बताए।  

प्रकाशित: १७ जेष्ठ २०८१ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App