अर्थमन्त्री वर्षमान पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको विवरण अनुसार पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको छ।
त्यस्तै उनले जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।
यस्तो छ विवरण:
प्रकाशित: ८ जेष्ठ २०८१ १७:२२ मंगलबार