१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा नेपाल अब प्रतिपक्षमा बस्ने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

सोमबार अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र सभामुख देवराज घिमिरेलाई पठाएका हुन्। 

आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको र प्रतिपक्षमा नै बसी आफ्नो भूमिका निर्वाह गर्ने पत्रमा उल्लेख छ।  

आइतबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा मागेपछि जसपा सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको थियो । सोमबार बिहान उपप्रधान तथा स्वास्थ्य र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएका थिए । लगत्तै दिउँसो सभामुखलाई पत्र लेखेर जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

प्रकाशित: ३१ वैशाख २०८१ १६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App