१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीको प्रदेशसभा बैठक सुरू, कांग्रेस अनुपस्थित

फाइल तस्बिर

कोशी प्रदेश सभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गरिरहेका छन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भए पनि नेपाली कांग्रेस भने बैठकमा अनुपस्थित छ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले  कोशी प्रदेशमा संविधान विपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

सरकार गठनको प्रक्रियाका विरुद्ध अदालतमा मुद्दा विचाराधिन भएकावेला मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ। 

प्रकाशित: ३१ वैशाख २०८१ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App