२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उपनिर्वाचनका लागि प्रतिनिधिसभातर्फ २० वटा र प्रदेशतर्फ १९ राजनीतिक दल दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएका छन्।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि प्रदेशतर्फ १९ र प्रतिनिधिसभातर्फ २० वटा राजनीतिक दल दर्ता भएको जानकारी दिएको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको छ। 

प्रकाशित: ५ चैत्र २०८० १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App