१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लगानीकर्ताको पैसा नडुब्ने गरी आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्नुस्ः अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्। आईतबार नागरिक लगानी कोषको ३४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।  

उनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी कमजोरीहरुलाई भविष्यमा नदोहो¥याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए। लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंंले लिनुपर्ने बताए।  

यसैबिच,उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौति त्यत्तिकै रहेको र आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि र विगतमा भएका कामको आलोचना गर्ने भन्दा भएका कमजोरीहरुलाई सुधारेर जानसक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने उनको भनाई छ। पूर्वअर्थमन्त्रीहरुले शुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने समेत उनले बताए।

कार्यक्रम बोल्दैँ,उनले भने, ‘हामी समस्या भन्दा बाहिर त कहिले पनि त्यो समस्या जसले समाधान गर्नसक्छ, आफ्नो समकालीन समस्या, आफ्नो संस्थामा परेको समस्या, देशमा परेको समस्या, त्यसलाई हल गर्नसक्ने मान्छेलाई नै इतिहासले सम्झिन्छ। नत्र हामी एभ्रेज समस्या बताउने, समस्याको पछि हिँड्ने समाधान कसले गर्ने भन्दा अरु कसैले गर्ने भाग्यमा विश्वास गर्ने। हामीले आफैँले आफ्नो संस्थाको सुधार गर्ने हो। आफ्नो मन्त्रालय, आफ्नो सरकारको, समाजको, आफ्नो देशको समस्या समाधान गर्ने हामीले नै हो । त्यसअर्थमा यो खालको आत्मविश्वास पनि हुनुपर्छ। अहिलेकै कार्यकारी प्रमुखले गर्ने हो यो संस्थाको सुधार, पुरानाले छोडिदिनुस्। कमजोरी भए समीक्षा गरौँ। पुरानालाई गाली गर्ने होइन। मैले म भन्दा अघिका अर्थमन्त्रीले राम्रो गरेका कामहरुलाई निरन्तरता दिनुपर्छ। आजको चुनौतिलाई समातेर हल गर्नेतिर गएन भने पुरानाको आलोचना गरेर हुँदैन। कोषका साथीहरुले आफैँ जवाफदेही भएर काम गर्नुपर्छ। हामीभित्र केही कमी भए समीक्षा गरौँ। कतै ठूला ऋण लगानी गर्दा कमजोरी भएको भए अब नगर्ने, आलोचना गर्ने, दुनियाँ बदनाम गरेर हिँड्ने भन्दा कहाँ कमी भयो, असल नियतले गरेको हुनुपर्छ, कानूनसम्मत गरेका निर्णय भन्ने मान्नुपर्छ। परिस्थिति बदलियो, कमी भयो, त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन। पूर्ववर्ती अर्थमन्त्रीहरुका राम्रा काम नीतिहरुलाई निरन्रता दिनुपर्छ, म दिन्छु, प्रतिवद्धता छ। अहिले आर्थिक रुपले शिथिलता छ। यो कोषले लक्षित गरेअनुसारका अलि ठूला पूर्वाधारका योजनाहरुमा लगानी गर्नुस्। दीर्घकालीन पूर्वाधार निर्माण होला, अलि ठूला आर्थिक वृद्धिका क्षेत्रहरु, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुहोस्। यसमा योगदान कर्ताहरुको पैसा नडुबोस्, विज्ञ साथीहरुले हेर्नुस्। त्यो हाम्रो जिम्मेवारी हो।’

यस्तै,अर्थमन्त्री पुनले राजनीतिक नेतृत्वमा समस्या रहेकाले यसलाई शुद्धिकरण गर्नुपर्छ । प्रशासन संयन्त्रमा पनि शुद्धिकरण जरुरी छ । प्रशासन संयन्त्रको शुद्धिकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने समेत जिकिर गरे। विगतका राम्रा कामको सम्मान गर्दै भएका कमजोरीलाई सच्याएर अघि बढ्न सक्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: ४ चैत्र २०८० ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App