३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अखिल क्रान्तिकारीमा शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरूको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ: उपाध्यक्ष मैनाली

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन्।

कान्तिपुर इन्टर नेशनल कलेज अफ इञ्जिनियरिङ ललितपुरले गरेको कार्यक्रममा उपाध्यक्ष मैनालीले संगठनलाई मजबुत, जनमुखी र विद्यार्थीको हकहितमा केन्द्रीत गर्नका लागि अनुशासन आवश्यक भएको बताए।

मैनालीले माओवादी र अखिल क्रान्तिकारीलाई बिग्रिने छुट नभएको भन्दै कमजोरीहरू सच्याउनुपर्नेमा जोड दिए। शहीद पूर्ण पौडेल र बेनोज अधिकारीले बोकेको र उनीहरूको रगतले रंगिएको झण्डाको अपमान गर्ने छुट कसैलाई पनि नभएको उनले बताए।

व्यक्ति केन्द्रित स्वार्थका लागि अराजकता मच्याउने र समानान्तर संगठन चलाउने अधिकार पनि कसैलाई पनि नभएको भन्दै उनले आक्रोश व्यक्त गरे। काठमाडौं उपत्यकाका केही क्याम्पसमा समानान्तर कमिटी देखिएपछि मैनालीले त्यसको खुलेर विरोध गरेका हुन्।

‘शहीदको अपमान गर्दै समानान्तर गतिविधि गर्ने र स्वार्थ पूरा गर्ने अधिकार कसैलाई छैन उनले भने, शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरूको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ।’

माओवादी सकिँदा देश बन्ने कि नबन्ने भन्ने अवस्था सिर्जना हुने भन्दै मैनालीले माओवादीलाई कस्तो बनाउने भन्ने अखिल क्रान्तिकारीकै हातमा रहेको बताए।

‘माओवादी बन्नु र सकिनुसँग देशको भविष्य जोडिएको छ। माओवादी सकिंदा पछिल्ला सबै उपलब्धिसहित मुलुकका एक तिहाई जनजाति, त्यति नै संख्याका मधेशी र करिब २४ लाख दलितको अधिकार जोखिममा पर्छ। सीमान्त ठाउँबाट राजनीतिमा आएकाहरू समस्यामा पर्छन।’ मैनालीले भने, त्यसैले माओवादी सकिनु हुन्न।  माओवादी भनेको देशको भविष्य हो र यसलाई हामीले त्यसै अनुसार अघि बढाउनुपर्छ।

प्रकाशित: ३ चैत्र २०८० ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App