३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसको संसद अवरोध सरकार छोड्नुपर्दाको पीडाः प्रमुख सचेतक बर्तौला

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले शुक्रवारको काँग्रेसले गरेको संसद अवरोधलाई सरकार छोड्नुपर्दाको पीडाका रुपमा चित्रण गरेका छन्।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले काँग्रेसले सरकार छोड्नुपर्दाको पीडा एक हप्ता पनि सहन नसकेको बताए।  काँग्रेस पानी बिनाको माछा झैँ छटपटी रहेको उनको भनाइ छ।

उनले संसदमा अवरोध गर्ने, संसदीय सबै प्रक्रियाहरु अघि बढ्न रोक्ने कामलाई लाज पनि लजाउने अवस्था भएको टिप्पणी गरे। काँग्रेसले आफूलाई जिम्मेवार प्रतिपक्षका रुपमा उभ्याउन सक्नुपर्ने उनले बताए। 

प्रकाशित: २ चैत्र २०८० १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App