१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बहुमत जुटाउने कसरतमा मुख्यमन्त्री शाह, नागरिक उन्मुक्तिबाटै ५ मन्त्री

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका थप एक जनालाई मन्त्री नियुक्त गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका पूर्व संसदीय दलका नेता लक्ष्मण किशोर चौधरिलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

मुख्यमन्त्री शाह रन्जिता श्रेष्ठ चौधरी पक्षधर मानिएका लक्ष्मणलाई सरकारमा सहभागी गराउन सफल भएका हुन्।

यस अघि शुक्रवार मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका ३ मन्त्री थपेका थिए। नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री र खुसीराम चौधरीलाई बिना विभागीय मन्त्रीमा थपेका थिए।

नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन्। लक्ष्मणकिशोर मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा ७ प्रदेश सभा सदस्य रहेको नाउपाका मन्त्रीको संख्या ५ पुगेको छ।

यस अघि प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका र नेकपा एसका मन्त्रीहरूलाई मुख्यमन्त्री शाहले हटाएका थिए भने ती दुई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

मुख्यमन्त्री शाह अल्पमतमा परेपनी बहुमत जुटाउन कसरतमा छन्। उनले राप्रपाका प्रदेश सभा सदस्य र स्वतन्त्र प्रदेश सभा सदस्यलाई पनि सरकार सहभागी गराउने प्रयास गरिरहेका छन्। विश्वासको मत दिएका मध्य शाहलाई २६ प्रदेश सभा सदस्यको मात्र समर्थन बाकी छ। नागरिक उन्मुक्तिका ७, राप्रपाका एक र स्वतन्त्रका एक सांसदले समर्थन जनाएमा मुख्यमन्त्री शाहलाई बहुमत पुगेर सरकार टिक्ने छ।

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ।

प्रकाशित: २८ फाल्गुन २०८० १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App