७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

म निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्छु: युवराज शर्मा

नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताएका छन्।

सोमवार राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उम्मेदवार शर्माले आफू निर्वाचित भएमा सभाको गरिमा बढाउने काम गर्ने बताएका हुन्।

उनले आफूले सभाको गरिमा घटाउने काम नगर्ने बताए। आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने बताए।

उनले भने, ‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो। तर लोकतन्त्रमा कसैको हारपनि हुन्न। कसैको जित पनि हुन्न। सबै हार्छन्। सबै जित्छन्। लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव। को हार्छन् को जित्छन् महत्वपूर्ण होइन। मेरो धेरै लामो राजनीतिक यात्रा छ। शिक्षाको हकमा पनि म अरुभन्दा कमजोर छैन। मलाई लाग्छ कि म भइदिएको खण्डमा मैले यसको गरिमा बढाउने नै काम गर्ने थिएँ। घटाउने काम गर्ने थिइन। संसदीय नियममा रहेरै काम गर्ने थिएँ। संसद नियमावली अनुसार नै अगाडी बढाउने थिएँ सभालाई।’

प्रकाशित: २८ फाल्गुन २०८० १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App