सोमबार नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले शपथ लिने भएका छन्।
एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्याल (डीपी) ले शपथ लिने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ।
नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ। यी तीनै जना बिना विभागीय मन्त्री बन्न लागेका हुन्।
नयाँ मन्त्रीको शपथबारे प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८० १३:३० सोमबार