२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक जारी, बिदा हुन लागेका सांसदहरू अनुभव आदानप्रदान गर्दै

फाइल तस्बिर

राष्ट्रिय सभाको बैठक अहिले जारी छ। आजको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदहरू आफ्नो अनुभव राखिरहेका छन्।  

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए।

सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यहरूले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।

संवैधानिक व्यवस्थाअनुसार छ वर्षे पदावधि पूरा गरी राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदछन्।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो। रासस

प्रकाशित: १७ फाल्गुन २०८० १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App