१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको दोस्रो बैठक सुरु, सांसदहरुको कुराको जवाफ दिन सभामुखको रुलिङ

१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुन: सुरु भएको छ। प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरुले उठाएका विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन्।

रुलिङ भएसँगै सभाको बैठक नियमित रुपमा सुचारु भएको छ। सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने,‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ। माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु।’

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए। मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए। 

प्रकाशित: १४ फाल्गुन २०८० १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App